आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पारिश्रमिक वृद्धिका लागि पत्रकारको प्रदर्शन

सोमबार, ०८ माघ २०८०, २३ : ३७
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । श्रमजीवी पत्रकारहरूको पारिश्रमिक वृद्धिका लागि सोमवार पत्रकारहरूले प्रदर्शन गरेका छन्।  सिंहदरबार दक्षिण गेटसँगै हनुमान थानमा उनीहरुले प्रदर्शन गरेका हुन् । 

२०७५ सालदेखि पारिश्रमिक वृद्धि नभएकोमा असन्तुष्ट व्यक्त गर्दै आएका दर्जनौँ पत्रकारहरूले श्रमजीवी पत्रकार सङ्घ, नेपालका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले हेलो सरकार ! श्रमजीवी पत्रकारको पारिश्रमिक बढाई देऊ, कानुन नमान्ने मिडिया हाउसलाई कारबाही गरिदेऊ, ०५१ सालमा बनेको श्रमजीवी सम्बन्धी पत्रकार ऐन परिवर्तित स्थिति अनुरूप आवश्यक संशोधन गरिदेऊ, ‘सञ्चार इजलास’ गठन गरिदेऊ, स्थानीय निकायको विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई देऊ लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । 

त्यस्तै सामाजिक सञ्जाललाई नियन्त्रण हैन नियमन गरिदेऊ। श्रमजीवी पत्रकारलाई निःशुल्क स्वास्थ्योपचारको व्यवस्था  गरिदेऊ, साना तथा स्वरोजगार मिडियालाई सहुलियत दरमा पाँच करोडसम्म ऋण उपलब्ध गराइदेऊ । ऋण लिएर नतिर्ने ठुला मिडिया  हाउसलाई कारबाही गरिदेऊ भन्ने नारासहितका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा कान्तिपुर आन्दोलन संयोजन समिति, गोरखापत्र प्रतिष्ठानलगायत विभिन्न सञ्चार गृहका पत्रकार तथा श्रमिकहरूले १ घण्टा धर्ना पनि दिएका थिए। गत मङ्सिर अन्तिम सातादेखि नौ बुँदे माग राखेर श्रमजीवी पत्रकार सङ्घ, नेपालले चरणबद्ध आन्दोलन गर्दै आएको छ । यसअघि हस्ताक्षर अभियान, सिंहदरबारको आकाशमा कालो ब्यानरसहित बेलुन उडाउनेदेखि ७ वटै प्रदेश मुख्यमन्त्रीमार्फत सङ्घीय सरकारलाई दबाब दिनेलगायतका कार्यक्रम गरिसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप