आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख घिमिरे

मङ्गलबार, ०९ माघ २०८०, ११ : ४९
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक तथा सचेकतसँग छलफल गर्दैछन् । मंगलबार सिंहदरबार स्थित संसद् सचिवालयमा सभामुखले छलफलका लागि दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई बोलाएका हुन् । सभामुखले आसन्न संसद्को हिउँदे अधिवेशन लगायतका समसामयिक विषयमा छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ । 

छलफलमा एमाले सचेतक महेश बर्तौला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका छलफलमा सहभागी हुन सभामुखको कार्यालयमा पुगेका छन् । यता नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक भने जिल्लाका कार्यक्रममा व्यस्त भएकाले बैठकमा सहभागी छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप