रेखाले अमेरिकामै गरिन् ‘बेबी सावर’
काठमाडौँ । सन्तानलाई जन्म दिन अमेरिका पुगेकी अभिनेत्री रेखा थापाले ‘बेबी सावर’ गरेका छन् । कोलोराडो स्प्रिङ्समा शनिवार रेखाले केही चिनजानका व्यक्तिहरूको उपस्थितिमा ‘बेबी सावर’ गरेकी हुन् । श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका थिए । सोही अवसरमा रेखा दम्पतीले केक समेत काटेका छन् ।
रेखाले सामाजिक सञ्जालमा ‘बेबी सावर’को एक भिडियो समेत सेयर गरेकी छन् । जसमा रेखा दम्पती निकै खुसी देखिन्छन् ।
रेखाको यो पहिलो सन्तान हो । सन्तान जन्मदिन रेखा थापा दम्पती केही अगाडि अमेरिका पुगेका हुन् । चिकित्सकले उनलाई माघ फागुनको डेलिभरी समय दिएका छन् ।
रेखाले पछिल्लो समय निर्माण अभिनय गरेको फिल्म ‘उपहार’ फागुन २५ प्रदर्शनमा आउँदैछ । उनले अमेरिकाबाटै अहिले फिल्मको भर्चुअल प्रचारप्रसार समेत गरिरहेकी छन् । नेपालमा भने निर्देशक ज्ञानेन्द्र देउजा लगायतका टिमले फिल्म प्रचार गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण