रेखाले अमेरिकामै गरिन् ‘बेबी सावर’

काठमाडौँ । सन्तानलाई जन्म दिन अमेरिका पुगेकी अभिनेत्री रेखा थापाले ‘बेबी सावर’ गरेका छन् । कोलोराडो स्प्रिङ्समा शनिवार रेखाले केही चिनजानका व्यक्तिहरूको उपस्थितिमा ‘बेबी सावर’ गरेकी हुन् । श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका थिए । सोही अवसरमा रेखा दम्पतीले केक समेत काटेका छन् ।
रेखाले सामाजिक सञ्जालमा ‘बेबी सावर’को एक भिडियो समेत सेयर गरेकी छन् । जसमा रेखा दम्पती निकै खुसी देखिन्छन् ।
रेखाको यो पहिलो सन्तान हो । सन्तान जन्मदिन रेखा थापा दम्पती केही अगाडि अमेरिका पुगेका हुन् । चिकित्सकले उनलाई माघ फागुनको डेलिभरी समय दिएका छन् ।
रेखाले पछिल्लो समय निर्माण अभिनय गरेको फिल्म ‘उपहार’ फागुन २५ प्रदर्शनमा आउँदैछ । उनले अमेरिकाबाटै अहिले फिल्मको भर्चुअल प्रचारप्रसार समेत गरिरहेकी छन् । नेपालमा भने निर्देशक ज्ञानेन्द्र देउजा लगायतका टिमले फिल्म प्रचार गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर