सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा सीमित
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ ।
लगातार पाँचौ दिन घटेर बन्द हुनेक्रममा आज नेप्से परिसूचकमा ०.४० अंकको गिरावट आएको हो । यो ०.०१ प्रतिशतको गिरावट हो ।
कारोबार सुरु हुँदा बढ्न थालेपनि नेप्से परिसूचक अन्तिममा गिरावट आउँदा घटेर बन्द भयो । यसक्रममा आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३७ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, अज ४ अर्ब २९ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ ।
परिसूचकमा सामान्य गिरावट हुँदा आज ४ कम्पनीको सेयर मूल्यमा उच्च अंकको वृद्धि आएको छ । चन्द्रागिरि हिल्सको सेयर मूल्य १० प्रतिशतले बढ्दा नेपाल ल्यूब ओयल लिमिटेड ९.९९ प्रतिशतले बढेको छ । यस्तै, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समेत ९.९२ प्रतिशते बढेको छ ।
आज ६ समूहको सूचक घट्दा ७ समूहको सूचक भने बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण