सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा सीमित

मङ्गलबार, ०९ माघ २०८०, १५ : ५२
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । 

लगातार पाँचौ दिन घटेर बन्द हुनेक्रममा आज नेप्से परिसूचकमा ०.४० अंकको गिरावट आएको हो । यो ०.०१ प्रतिशतको गिरावट हो ।

कारोबार सुरु हुँदा बढ्न थालेपनि नेप्से परिसूचक अन्तिममा गिरावट आउँदा घटेर बन्द भयो । यसक्रममा आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३७ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, अज ४ अर्ब २९ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ ।

परिसूचकमा सामान्य गिरावट हुँदा आज ४ कम्पनीको सेयर मूल्यमा उच्च अंकको वृद्धि आएको छ । चन्द्रागिरि हिल्सको सेयर मूल्य १० प्रतिशतले बढ्दा नेपाल ल्यूब ओयल लिमिटेड ९.९९ प्रतिशतले बढेको छ । यस्तै, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समेत ९.९२ प्रतिशते बढेको छ ।

आज ६ समूहको सूचक घट्दा ७ समूहको सूचक भने बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप