कानुनले काम गरेको भए ठूलाबडा नेताहरु जेलमा हुन्थे : चन्द्र भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानुनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरु जेलमा हुने बताएका छन् ।
मंगलबार काठमाडौँमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । उनले नेताहरुले अहिले मुलुक चलाउन नसकेको बताए ।
सांसद भण्डारीले भाषण गर्नेहरुले आफ्नो पार्टी सुधार्ने हो भने मुलुक बन्न समय नलाग्ने बताए । उनले संवैधानिक निकायमा बसेका व्यक्ति र राजनीति गर्ने धेरै नेताहरु आफ्ना घर ठूलाठूला बनाउने र वरिपरि गरिब राखेर झुपडी बनाउने प्रवृत्तिका कारण मुलुक गरिब भएको बताए ।
उनले भने,‘भाषण गर्नेहरुले पहिला आफ्नो पार्टीलाई सुधार्नुपर्छ । हाम्रो नेताहरुको विकासमा बुद्धि पुगेन । हाम्रा विज्ञहरु, हाम्रा संवैधानिक निकायमा बसेका व्यक्तिहरु र राजनीति गर्ने धेरै नेताहरु आफ्ना घर ठूलाठूला बनाउने, वरिपरि गरिब राख्ने र झुपडी बनाउने प्रवृत्तिले मुलुक गरिब भयो । राजनीतिक पार्टीहरु आफ्नो आफ्नो सुधार्ने हो भने मुलुक बन्नसक्छ । यो देशमा कानुनले काम गर्नसक्छ । यो देशमा कानुनले काम गरेको भए ठूलाबडा कर्मचारीहरु, ठूलाबडा लामो समय राजनीतिक गरेकाहरु धेरैजसो जेलमा भेटिन्थे ।’
नेता भण्डारीले विकास निर्माणमा नेताहरुको क्षमता नपुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण