इलाम गोल्डकप : सेमिफाइनल समीकरण पूरा
विराटनगर । इलाम सदरमुकाममा जारी इलाम गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । आज मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा पाँचथर फुटबल क्लबले बुटबलको लुम्बिनी फुटबल क्लबलाई पराजित गर्यो । पाँचथरले टाइब्रेकरमा लुम्बिनीलाई ३ का विरुद्ध ४ गोलले पराजित गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।
खेलको चौथो मिनेटमा पाँचथरका रोशन लिम्बूले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । ३५औँ मिनेटमा बुटवलका विदेशी खेलाडीले पाँचथरविरुद्ध गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।
पाँचथरका खेलाडीले ३८औँ मिनेटमा अर्को गोल थपेपछि पहिलो हाफमा पाँचथर २–१ गोल अन्तरले अघि रह्यो । दोस्रो हाफमा बुटवलका माटिन्सले फ्रिकिकबाट गोल गरे । निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । आजको खेलको म्यान अफ दि म्याच पाँचथरका रोशन लिम्बू बने ।
विजेता पाँचथरले झापा युनाइटेडसँग माघ ११ मा सेमिफाइनल खेल्नेछ । आयोजक रेडहर्स फुटबल क्लब र एनआरटीको सेमिफाइनल भिडन्त बुधबार हुनेछ ।
माघ १३ गते हुने प्रतियोगिताको फाइनल विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण