उपाधि होडबाट बाहिरिएपछि प्रमुख प्रशिक्षकलाई पदबाट हटायो घानाले
काठमाडौँ । घानाको राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक क्रिस ह्युटनलाई पदबाट बर्खास्त गरिएको छ । घाना अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको समूहगत चरणबाटै बाहिरिएपछि प्रमुख प्रशिक्षक क्रिसलाई पदबाट बर्खास्त गरिएको हो ।
प्रतियोगिताको समूह ‘बी’ मा रहेको घाना अङ्क तालिकामा तेस्रो हुँदै उपाधि होडबाट बाहिरिएको हो । उक्त समूहबाट केप भेर्डे सात अङ्कसहित पहिलो र इजिप्ट तीन अङ्कसहित दोस्रो हुँदै प्रतियोगिताको नकआउट चरणमा पुग्न सफल भए ।
दुई अङ्कसहित घाना तेस्रो र समान अङ्क बटुलेको मोजाम्बिक चौथो भएका थिए । केप भेर्डेसँग पराजित भएको घाना इजिप्ट र मोजाम्बिकसँग भने बराबरीमा रोकिएको थियो । ६५ वर्षीय क्रिस गत फेब्रुअरीमा घानाको प्रशिक्षक बनेका थिए ।
‘क्रिस ह्युटनलाई उनको जिम्मेवारीबाट हटाइएको छ । यो निर्णय तत्काल लागू हुनेछ । उनले घानाको फुटबलमा पुर्याएको योगदानका लागि हामी आभारी छौँ,’ घाना फुटबल संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रमुख प्रशिक्षक क्रिसलाई पदबाट बर्खास्त गरेलगत्तै घाना फुटबल संघले प्राविधिक समितिका पदाधिकारीहरुलाई पनि हटाएको छ । क्रिस ह्युटनले यसअघि टोट्टनहाम, न्युक्यासल युनाइटेड, बर्मिङ्घम सिटी, नर्विच सिटी, ब्राइटन, नटिङ्घम सिटीलगायतका क्लबमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । उनी दुई वर्ष आयरल्यान्डको राष्ट्रिय टोलीका सहायक प्रशिक्षक पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण