सुनको मूल्य चार दिनदेखि स्थिर, चाँदीको बढ्यो
बुधबार, १० माघ २०८०, ११ : २४
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । सुनचाँदी महासंघका अनुसार योसहित लगातार चौथो दिन स्थिर कायम भएर कारोबारमा आएको हो ।
लगातार चार दिनदेखि स्थिर कायम रहेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ ।
यो साताको आइतबारदेखि नै यही मूल्यमा सुनको कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार तोलामा १० रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ७० रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण