अस्ट्रेलियन ओपन : इतिहास रच्दै सेमिफाइनलमा पुगिन् डायना
काठमाडौँ । युक्रेनकी डायना यास्त्रेमस्की वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी छन् । उनले बुधबार मेलबर्नमा खेलिएको महिला एकलतर्फको क्वार्टरफाइनल खेलमा चेक गणतन्त्रकी लिन्डा नोस्कोभालाई हराउँदै ६–३, ६–४ को सोझो सेटमा पराजित गरिन् ।
२३ वर्षीया डायना सन् १९७८ पछि अस्ट्रेलियन ओपनको महिला एकलतर्फ सेमिफाइनलमा पुग्ने पहिलो क्यालिफायर खेलाडी हुन् । ‘चर्चित ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनमा इतिहास रच्न पाउँदा निकै खुसी लागेको छ,’ खेलपछि डायनाले भनिन् ।
हाल ९३औँ वरीयतामा रहेकी डायनाले खेलको प्रारम्भदेखि नै १९ वर्षीया लिन्डालाई दबाबमा राखेकी थिइन् । डायनाले अब प्रतियोगिताको सेमिफाइनलमा १२औँ वरीयतामा आसिन चिनिया खेलाडी झेङ क्वेन वा रुसकी अन्ना कालिनस्कायासँग भिडन्त गर्नेछिन् ।
लिन्डा कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो । यसअघि ग्रान्डस्लाम प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन चौथो चरणसम्मको यात्रा हो । उनी सन् २०१९ मा सम्पन्न विम्बल्डनको चौथो चरणमा पुगेकी थिइन् ।
चारपटक फ्रेन्च ओपनको पहिलो चरणबाटै बाहिरिएकी डायना यूएस ओपनमा भने तेस्रो चरणसम्म पुगेकी छन् । उनी सन् २०१९ को यूएस ओपनमा तेस्रो चरणसम्म पुगेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण