पार्किङ निषेधको विरोधमा दोस्रो दिन पनि आन्दोलनमा न्युरोडका व्यापारी (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सरोकारवालाहरूसँग परामर्श नगरी पार्किङ निषेध गरेको विरोधमा व्यापारीहरूले बुधवार पनि विरोध प्रदर्शन गरेका छन् । धर्मपथ, जुद्ध सालिक देखि इन्द्रचोक तर्फको सडक खण्ड खिचापोखरी, प्युखा, महाबौद्ध, पाको लगायतका क्षेत्रमा सञ्चालित पार्किङहरुमा निषेध गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
काठमाडौँ महानगरपालिकाले माघ ९ गते देखि लागू हुने गरी नयाँ सडकका क्षेत्रहरूमा पार्किङ हटाउने निर्णय गरेको थियो । सो निर्णयले उक्त क्षेत्रमा रहेका विभिन्न वर्गका लाखौँ व्यवसायी, स्थानीय तथा सेवाग्राहीहरू अन्यायमा परेको उनीहरूले दाबी गरेका छन् ।
_FYxoIFFPUk.jpg)
‘व्यवसायमा सङ्कुचन आएको यस समयमा पार्किङ निषेध गरिएको कदमले यहाँका स्थानीय तथा व्यापार व्यवसायी र सेवाग्राहीहरू निराश भएका छन् सो निर्णयले भोलिका दिनमा थप समस्या सिर्जना गर्ने निश्चित छ। काठमाडौँ महानगरपालिकाको गुरु योजना तथा गौरवको योजना अनुरूप ‘रोजगारी र आय वृद्धि, काठमाडौँ समृद्धि भनी रहँदा हाल यो निर्णयले नेपालको प्रमुख व्यावसायिक केन्द्रबाट व्यवसायहरू पलायन हुन बाध्य हुनेछन् भने लाखौं व्यापारिक वर्ग तथा सोही स्थानमा कार्यरत व्यक्तिहरू बेरोजगार हुनेछन् ।
_8iFvlxbJFs.jpg)
देशकै प्रमुख व्यवसायीक केन्द्र नयाँ सडक (न्युरोड) को व्यापार व्यवसाय धराशायी हुँदा स्वयम् काठमाडौँ महानगरपालिकाको राजश्व सङ्कलनमा पनि कमी र बाधा हुनुका साथै नेपाल सरकारको अधिकतम राजश्व सङ्कलन हुने यस क्षेत्रबाट राजश्व सङ्कलनमा पनि कमी आउने छ” आन्दोलनरत व्यापारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बुधवार उनीहरूले सम्पूर्ण व्यावसायिक प्रतिष्ठानहरू बन्द गरी न्युरोड जुद्ध सालिकमा भेला भई विरोधसभा आयोजना गरेका हुन् ।
_KabjJqEPpV.jpg)
_1NoWdTiURQ.jpg)
_FiPuJSQPeo.jpg)
_wHKTwOytSE.jpg)
_BUnIWhQ0xk.jpg)
_jZysfksnVh.jpg)
_CX01dyhRcs.jpg)
_5SLC6E5pyr.jpg)
_F9CThGyFhE.jpg)
_louF0fM8Jg.jpg)
_nxSrMF36ob.jpg)
_TDajXPqgCT.jpg)
_m293NnlTdN.jpg)
_Z3LI6oUWe7.jpg)
_qUctrNpMuy.jpg)
_H912zKpMhb.jpg)
_jQeEcHnCvu.jpg)
_aHWsXvx999.jpg)
_E7uvUZsam3.jpg)
_p19elYKBtT.jpg)
_UJWS5H8tQn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण