नेप्से सूचक दोहोरो अंकले घट्यो, ३ अर्ब ८९ करोडको कारोबार
काठमाडौँ । आज पनि नेप्से सूचक दोहोरो अंकले घट्न पुगेको छ । केही दिन यता लगातार घटिरहेको नेप्से सूचक बुधबार १०.२५ अंकले घट्दै २ हजार ८८.०४ विन्दुमा झरेको हो ।
आज कारोबार समेत ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ । ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा आज १५३ वटा कम्पनीको मूल्य ओरालो लागेको छ ।
बैंकिङ समूह र म्युचुअल फन्ड बाहेक आज ११ वटा उपसूचक ऋणत्मक भएका छन् । बैंकिङ समूहको उपसूचक ०.०९ प्रतिशतले बढेको छ भने म्युचुअल फन्डको उपसूचक ०.१४ प्रतिशतले बढेको हो ।
यता हाइड्रोपावर समूहको उपसूचक १.२७ प्रतिशतले घटेको छ भने इन्भेष्टमेन्ट समूहको उपसूचक १.६५ प्रतिशतले र ट्रेडिङ समूहको उपसूचक १.०८ प्रतिशतले घटेको छ ।
आज चन्द्रागिरि हिल्स लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको मूल्य १० प्रतिशतले बढेको छ भने यता तेरथुम पावर कम्पनीको मूल्य १० प्रतिशतले नै घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण