सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से सूचक दोहोरो अंकले घट्यो, ३ अर्ब ८९ करोडको कारोबार

बुधबार, १० माघ २०८०, १५ : ४६
बुधबार, १० माघ २०८०

काठमाडौँ । आज पनि नेप्से सूचक दोहोरो अंकले घट्न पुगेको छ । केही दिन यता लगातार घटिरहेको नेप्से सूचक बुधबार १०.२५ अंकले घट्दै २ हजार ८८.०४ विन्दुमा झरेको हो । 

आज कारोबार समेत ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ । ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा आज १५३ वटा कम्पनीको मूल्य ओरालो लागेको छ । 

बैंकिङ समूह र म्युचुअल फन्ड बाहेक आज ११ वटा उपसूचक ऋणत्मक भएका छन् । बैंकिङ समूहको उपसूचक ०.०९ प्रतिशतले बढेको छ भने म्युचुअल फन्डको उपसूचक ०.१४ प्रतिशतले बढेको हो । 

यता हाइड्रोपावर समूहको उपसूचक १.२७ प्रतिशतले घटेको छ भने इन्भेष्टमेन्ट समूहको उपसूचक १.६५ प्रतिशतले र ट्रेडिङ समूहको उपसूचक १.०८ प्रतिशतले घटेको छ । 

आज चन्द्रागिरि हिल्स लिमिटेड र मिड सोलु हाइड्रोपावर लिमिटेडको मूल्य १० प्रतिशतले बढेको छ भने यता तेरथुम पावर कम्पनीको मूल्य १० प्रतिशतले नै घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप