युक्रेन नजिक रुसी विमान दुर्घटना, ६५ जनाको मृत्यु
किभ । युक्रेनी सीमामा रहेको बेलगोरोद क्षेत्रमा रुसको एउटा सैन्य विमान दुर्घटनाग्रस्त भएको छ ।
इल्युशिन–७६ विमान बुधबार दुर्घटनामा परेको भन्दै रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको सरकारी सञ्चार माध्यमले समाचार छापेको छ ।
‘युद्ध मिसन पूरा गरेर बेलगोरोद क्षेत्रमा रहेको हवाई अड्डामा फर्किने क्रममा रुसी हवाई बलको सु–२५ विमान दुर्घटनामा परेको छ । विमानका चालकको मृत्यु भएको छ,’ विज्ञप्तिमा भनिएको छ । घटना बुधबार बिहान ११ बजेको हो ।
दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । अधिकारीहरुले यसबारे छानबिन गरिरहेका छन् । दुर्घटना स्थलमा विशेष सैन्य समितिलाई पठाइएको बताइएको छ ।
विमानमा रुसले बन्धक बनाएका ६५ जना युक्रेनी सेनाहरु भएको बताइएको छ । साथमा ६ जना क्रु मेम्बर र तीन जना इस्कोर्ट पनि थिए । ती सेनाहरुलाई रुसी सेनाको बदलामा सट्टा पट्टाका लागि लगिएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण