बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेन नजिक रुसी विमान दुर्घटना, ६५ जनाको मृत्यु

बुधबार, १० माघ २०८०, १६ : ०५
बुधबार, १० माघ २०८०

किभ । युक्रेनी सीमामा रहेको बेलगोरोद क्षेत्रमा रुसको एउटा सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । 

इल्युशिन–७६ विमान बुधबार दुर्घटनामा परेको भन्दै रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै त्यहाँको सरकारी सञ्चार माध्यमले समाचार छापेको छ ।

‘युद्ध मिसन पूरा गरेर बेलगोरोद क्षेत्रमा रहेको हवाई अड्डामा फर्किने क्रममा रुसी हवाई बलको सु–२५ विमान   दुर्घटनामा परेको छ । विमानका चालकको मृत्यु भएको छ,’ विज्ञप्तिमा भनिएको छ । घटना बुधबार बिहान ११ बजेको हो । 

दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । अधिकारीहरुले यसबारे छानबिन गरिरहेका छन् । दुर्घटना स्थलमा विशेष सैन्य समितिलाई पठाइएको बताइएको छ । 

विमानमा रुसले बन्धक बनाएका ६५ जना युक्रेनी सेनाहरु भएको बताइएको छ । साथमा ६ जना क्रु मेम्बर र तीन जना इस्कोर्ट पनि थिए । ती सेनाहरुलाई रुसी सेनाको बदलामा सट्टा पट्टाका लागि लगिएको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप