म दोस्रोपटक राष्ट्रपति भएको भए युक्रेन र गाजामा द्वन्द्व हुने थिएन : ट्रम्प
न्यु ह्यामसायर । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ को नारालाई जोड दिँदै आफू दोस्रो पटक राष्ट्रपति भएको भए युक्रेन र गाजामा द्वन्द्व नहुने बताएका छन् । अमेरिकी पूर्व राष्ट्रपतिले आफ्नो कार्यकालमा आफ्नो प्रशासनको नीतिका कारण इरान ‘विभाजित’ भएको तर गलत नीतिका कारण आज देशले युद्धका नाममा पैसा ‘पम्पिङ’ गरिरहेको बताए ।
न्यू ह्याम्पसायरको लण्डनडेरी सिटीमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “यदि उनीहरू (अमेरिकी मतदाताहरू) एउटा महान् देश चाहन्छन् भने उनीहरूले ‘अमेरिकालाई फेरि महान बनाउने’ हो भने रिपब्लिकन पार्टीको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानमा सहभागी हुनुपर्छ । यसैको पक्षमा मतदान गर्नुपर्छ ।”
रिपब्लिकन पार्टी अमेरिकालाई महान् बनाउने अभियानमा लागिरहेको उनको दावी थियो । पूर्व राष्ट्रपति ट्रम्पले आफू सत्तामा हुँदा सबै कुरा ‘सहज र राम्रोसँग’ चलिरहेको भए पनि आज पूरै विश्व ‘हिंसा’ को त्रासमा रहेको बताए । उनले भने, “हामीले ती मुलुकसँगका समस्यालाई राम्रो तरिकाले सम्वोधन गरेका थियौं । हामीसँग कुनै युद्ध थिएन । रूसले युक्रेनमाथि कहिल्यै आक्रमण गर्ने थिएन र इज्राएलमाथि पनि आक्रमण हुने थिएन ।”
ट्रम्पले थपे, “इरान टुक्रियो, तपाईलाई थाहा छ उनीहरुसँग पैसा किन थिएन ? किनभने मैले अन्य देशहरूलाई भनें, जबसम्म हामी सम्झौता गर्दैनौं तबसम्म तपाईं उनीहरूसँग व्यवहार गर्न सक्नुहुन्न । अहिले इरानले चारैतिर पैसा फैलाइरहेको छ । हामी फेरि मध्यपूर्वमा बम बारी गर्दैछौं ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण