आहा रारा गोल्डकप : विभागीय आर्मी क्वाटरफाइनल प्रवेश
बुधबार, १० माघ २०८०, १९ : १९
पोखरा । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा त्रिभुवन आर्मी फुटबल क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा नवलपुरको राइजिङ स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम ८ मा प्रवेश गरेको हो ।
आर्मीका लागि कप्तान भरत खवासले २७ औँ मिनेटमा गोल गरे । उनकै गोल आर्मीको जितमा पर्याप्त भयो । निर्णायक गोल गरेका उनी म्यान अफ दि म्याच समेत घोषित भएका छन् ।
खेल अवधिमा धेरै अवसर पाएपनि दुवै टोली गोल गर्नबाट वञ्चित रहे ।
बिहीबार मच्छिन्द्र क्लब र जावलाखेल क्लबबिच तेस्रो प्रिक्वाटर फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार पुरस्कार पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण