आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ईपीएस भाषा परीक्षाका लागि आवेदन दिएकाहरूको रजिस्ट्रेशन नम्बर परिवर्तन

बुधबार, १० माघ २०८०, २१ : ३१
बुधबार, १० माघ २०८०

काठमाडौँ । काेरियन भाषा परीक्षाका लागि आवेदन दिएकाहरूकाे रजिस्ट्रेशन नम्बर परिवर्तन भएको छ । ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिएकाहरूकाे यसअघि कायम भएको रजिस्ट्रेशन नम्बर परिवर्तन भएको हो । 

उत्पादनमूलक क्षेत्रका लागि पुस २ गतेदेखि ६ गतेसम्म र पुस १६ गतेदेखि २० गतेसम्म सन् २०२३ को कोरियन भाषा परीक्षाको आवेदन फाराम खुलेको थियो । त्यसका लागि १ लाख ६४ हजार भन्दा बढिले आवेदन दिएका थिए ।  

उनीहरूकाे पहिलेको रजिस्ट्रेशन नम्बर परिवर्तन भएर आएको ईपीएस कोरिया शाखाले जनाएको छ।

परिवर्तित नयाँ रजिस्ट्रेशन नम्बर फाराम भर्दाको वेबसाइट https://eoers.epsnepal.gov.np मा पुनः लगइन गरेर प्रिन्ट गर्न सकिने शाखाले जनाएको छ। 

Registration-Number-change (1)(1)_1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप