अफ्रिका कप अफ नेसन्स खेल्ने अन्तिम १६ टोली टुङ्गो लाग्यो
काठमाडौं । अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा पुग्ने सबै टिमको टुङ्गो लागेको छ । ६ वटा समूहबाट शीर्ष २ टिमले सिधै अन्तिम १६ मा स्थान बनाउँदा बाँकी ४ टिमहरू भने समूहका उत्कृष्ट तेस्रो स्थानमा रहनेले नकआउट चरणको यात्रा तय गर्न सफल भए ।
बुधबार राति भएको समूह एफका खेलसँगै अन्तिम १६ मा पुग्ने टिमको टुङ्गो लागेको हो । समूह एबाट इक्वेटोरियल गिनी र नाइजेरिया, समूह बीबाट केप भर्डे र इजिप्ट, समूह सीबाट सेनेगल र क्यामरुन, समूह डीबाट एंगोला र बुर्किना फासो, समूह ईबाट माली र दक्षिण अफ्रिका, समूह एफबाट मोरक्को र कंगो राउण्ड अफ सिक्सटीनमा पुगेका छन् ।
यस्तै, समूहका तेस्रो स्थानमा रहने टिमहरूमा समूह एबाट आइभरी कोष्ट, समूह सीबाट गिनी, समूह डीबाट मौरिटेनिया र समूह इबाट नामेवियाले नकआउट चरणमा स्थान पक्का गरे । राउन्ड अफ सिक्सटीन (प्रिक्वाटर फाइनल) खेल शनिबारदेखि सुरु हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण