राष्ट्रिय सभा निर्वाचन : मधेस प्रदेशमा मतदान सुरु
जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० अन्तर्गत मधेस प्रदेशमा बिहीबार मतदान सुरु भएको छ । मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई पदका लागि मतदान हुनेछ ।
महेन्द्र नारायण निधि संस्कृति केन्द्र जनकपुरधाममा हुने निर्वाचनमा प्रदेशसभा सदस्य र पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै दुई मतदान केन्द्र कायम गरिएका छन् । प्रदेशसभा सदस्यका लागि हरियो र पालिका प्रमुख तथा उपप्रमुखका लागि रातो रङको मतपत्रको व्यवस्था गरिएको छ । मतदान बिहान ७ देखि अपराह्न ३ बजेसम्म हुनेछ । मतगणना महेन्द्र नारायण निधि संस्कृति केन्द्रमै गरिने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
मधेसमा दुई सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना (धनुषा), नेकपा (एमाले) का कुमारी विजेता झा (धनुषा) र जनमत पार्टीका रामशङ्कर महासेठ (धनुषा)ले उम्मेदवारी दिएका छन् । महिलातर्फ एमालेबाट उषादेवी थरुनी (पर्सा) र जनता समाजवादी पार्टी (जसपा) बाट पूजा चौधरी (रौतहट) को उम्मेदवारी परेको छ ।
मधेस प्रदेशसभा सदस्य एक सय सात र स्थानीय तहका प्रमुख/उपप्रमुख दुई सय ६७ गरी तीन सय ७४ मतदाता रहेका छन् । प्रदेशमा एक सय ३६ स्थानीय तह छन् । स्थानीय तहका पाँच पदाधिकारी भने निलम्बनमा परेका छन् ।
प्रदेशसभा सदस्यको मतभार ५३ का आधारमा यहाँ पाँच हजार छ सय ७१ र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको मतभार १९ का आधारमा पाँच हजार ७३ गरी कूल मतभार १० हजार सात सय ४४ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण