म्यानचेस्टर सिटीलाई पछि पार्दै रियल म्याड्रिड सर्वाधिक कमाइ गर्ने क्लब बन्यो
काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड विश्वकै सबैभन्दा बढी कमाउने फुटबल क्लब बनेको छ । इङ्लिस प्रिमियर लिग क्लब रियल म्याड्रिलाई पछाडि पार्दै रियल म्याड्रिड सबैभन्दा बढी कमाउने क्लबका रुपमा दरिएको हो ।
यो तथ्याङ्क डेलाइटले सार्वजनिक गरेको हो । रियल म्याड्रिडले सन् २०२२–२३ अवधिमा आठ सय ३१ मिलियन युरो कमाइ गरेको समाचारमा जनाइएको छ । रियल म्याड्रिडले सन् २०१७–१८ सिजनपछि यस्तो उपलब्धि हासिल गरेको हो ।
यो वर्ष म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ । म्यानचेस्टर सिटीले आठ सय २६ मिलियन युरो कमाइ गरेको समाचारमा जनाइएको छ । समिक्षाको अवधिमा म्यानचेस्टर सिटीले एफए कप, इङ्लिस प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि पनि जितेको थियो ।
यो अवधिमा विश्वका प्रभावशाली २० क्लबलको आम्दानी १४ प्रतिशतले बृद्धि भएको पनि समाचारमा जनाइएको छ । यसअघि विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण लामो समय अधिकांश क्लबको आम्दानी खुम्चिएको थियो ।
सर्वाधिक कमाइ गर्ने क्लबहरुको सूचिमा फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी) तेस्रो, स्पेनिस क्लब बार्सिलोना चौथो र म्यानचेस्टर युनाइटेड पाँचौँ स्थानमा छन् । पीएसजीले आठ सय दुई मिलियन युरो, बार्सिलोनाले आठ सय मिलियन युरो र म्यानचेस्टर युनाइटेडले सात सय ४६ मिलियन युरो कमाइ गरेका छन् ।
बार्सिलोनाले पनि उक्त अवधिमा स्पेनिस ला लिगा, कोपा डेल रे, यूईएफए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि जितेका थियो । सर्वाधिक कमाइ गर्ने क्लबहरुको सूचिमा इङ्ल्यान्डको लिभरपुल भने निकै तल झरेको छ । यसअघि तेस्रो स्थानमा रहेको लिभरपुल सातौँ स्थानमा झरेको हो ।
लिभरपुलले यसपटक ६ सय ८३ मिलियन युरो कमाइ गरेको छ । समिक्षाको अवधिमा लिभरपुलको नतिजा पनि सन्तोषजनक थिएन । उक्त अवधिमा प्रिमियर लिगमा पाँचौँ भएको लिभरपुल च्याम्पियन्स लिगमा पनि अन्तिम १६ टोलीबिचको भिडन्तबाटै बाहिरिएको थियो ।
सर्वाधिक कमाइ गर्ने क्लबको सूचिमा इङ्ल्यान्डका टोट्टनहाम, चेल्सी र आर्सनल पनि माथिल्लो १० स्थानभित्र अटाएका छन् । त्युक्यासल युनाइटेड १७औँ र वेस्ट हाम १८औँ स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण