सकियो रणवीर–सञ्जय लीला भन्सालीको १७ वर्ष पुरानो लडाइँ ?
नयाँ दिल्ली । २४ जनवरीमा सञ्जय लीला भन्सालीले आफ्नो नयाँ फिल्मको घोषणा गरे । उनको आगामी फिल्मको नाम ‘लभ एन्ड वार’ रहेको छ । यो फिल्ममा पहिलो पटक रणवीर कपूर, आलिया भट्ट अनि विक्की कौशल एकै साथ ठुलो पर्दामा देखिने छन् । बलिउडका यी सुपर ट्यालेन्टेड स्टारहरूलाई एकै साथ एउटै पर्दामा हेर्न पाउनु अनौठो अनुभव हुनेछ । अनि फिल्मको निर्देशन बलिउडका चर्चित निर्देशक मध्ये एक सञ्जय लीला भन्सालीले गर्ने भएपछि त झन् के चाहियो र ?
रणवीर र आलिया भन्सालीको फिल्ममा काम गर्न थालेको यो दोस्रो पटक हुनेछ । यस अघि भन्सालीले आलियासँग गंगूबाई काठियावाडी र रणवीरसँग साँवरिया बनाएका थिए । गंगूबाईमा आफ्नो शानदार प्रदर्शनले अलियाले सबैलाई छक्क पारिदिएकी थिइन् । सांवरियाबाट सञ्जयले रणबीरलाई बलिउडमा लञ्च गरेका थिए । तर त्यसपछि दुवैले कहिले पनि सँगै काम गरेनन् । खबरका अनुसार आफ्नो डेब्यू फिल्म साँवरियाले कमाल देखाउने र बलिउडमा आफ्नो सिक्का जम्ने आशामा रणवीर थिए । तर यो फिल्मको जादु चलेन । फिल्म फ्लप भयो ।
यसपछि रणवीरले भन्सालीका फिल्मसँग दूरी बनाए । भन्सालीलाई रणवीरको यो ब्यहोरा मन परेन । यसै कारण दुवैको सम्बन्धमा तिक्तता आएको बताइएको छ । आलिया रणवीरको जीवनमा आएपछि उनकै पहलमा रणवीर र सञ्जयको सम्बन्ध सुध्रिएको अनुमान गरिएको छ । रणवीर र आलियासँगै सञ्जयले विक्कीलाई पनि फिल्ममा लिने भएका छन् । यो फिल्म सन् २०२५ को क्रिसमसमा रिलिज हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण