कर्णालीमा १ मत मात्रै खस्न बाँकी
सुर्खेत । राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान करिब सकिएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान १ बज्नै लाग्दा सकिन लागेको हो ।
अब प्रदेशसभाका सभामुख नन्दा गुरुङले मात्रै मत हाल्न बाँकी रहेको निर्वाचन सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए । उनका अनुसार ७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ३९ जनाले मतदान गरिसकेका छन् ।
अब १ मत मात्रै खस्न बाँकी रहेको छ । यहाँ दलित, महिला र अन्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । नस अन्तर्गत गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका हुन् । मतभार नेकपा एमालेको भन्दा गठबन्धनको तीन गुणाले बढी छ । प्रदेशसभाका सदस्यहरूको मतभार सङ्ख्या दुई हजार १२० र पालिकाका जनप्रतिनिधिको दुई हजार ९६४ मतभार गरी जम्मा ५ हजार ८४ मतभार छ।
यो मध्ये सत्तारुढ गठबन्धनको पक्षमा तीन हजार ७७९ मतभार सङ्ख्या छ । यो भनेको एमालेको भन्दा तीन गुणाले बढी हो । एमालेको मतभार सङ्ख्या एक हजार १९५ मात्रै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण