३० खर्ब डलरमाथि उक्लियो माइक्रोसफ्टको बजार पुँजीकरण
अमेरिका । अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर कम्पनी माइक्रोसफ्टको बजार पुँजीकरण ३० अर्ब डलरमाथि उक्लिएको छ । बुधवार कम्पनीको बजार पुँजीकरण कम्पनीको इतिहासमै पहिलो पटक ३० खर्ब डलरभन्दा माथि पुगेको छ । सो स्तरमा पुग्ने माइक्रोसफ्ट दोस्रो कम्पनी हो । कृत्रिम बौद्धिकता (एआई)को प्रयोगमा व्यापक वृद्धि भइरहँदा पछिल्लो समय कम्पनीको शेयर मूल्य आकासिइरहेको छ ।
माइक्रोसफ्टको बजार पुँजीकरण फ्रान्सको पूरै जीडीपी भन्दा पनि ठुलो भएको छ । बुधवार मध्याह्नको कारोबारमा माइक्रोसफ्टको शेयर मूल्य प्रतिकित्ता १ दशमलव ५ प्रतिशतले बढेर ४०५ डलरमा पुगेको थियो । योसँगै कम्पनीको बजार पुँजीकरण ३० खर्ब डलरमाथि उक्लिएको थियो । माइक्रोसफ्टभन्दा अगाडि एप्पल रहेको छ । यो वर्ष शुरुभएयता माइक्रोसफ्टको शेयर मूल्य ७ प्रतिशतले बढिसकेको छ । गएको वर्ष पनि शेयर मूल्य करिब ४० प्रतिशतले बढेको थियो ।
एआई र यसले कम्पनीको आर्थिक समृद्धिमा ल्याउन सक्ने सम्भावित वृद्धिका कारण पछिल्लो समय लगानीकर्ताहरूले माइक्रोसफ्टको शेयरमा लगानी गरिरहेका छन् । सन् २०२३ मा कम्पनीका सीईओ सत्य नदेल्लाले च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईमा १० अर्ब डलर लगानीको घोषणा गरेका थिए । एसएन्डपी ५०० को कूल बजार पूँजीकरणमा ७ दशमलव ३ प्रतिशत माइक्रोसफ्टले ओगटेको छ । बजार पूँजीकरणको मामिलामा गएको दशकभर अधिकांश समय माइक्रोसफ्ट एप्पलभन्दा पछाडि रहेको थियो । जनवरीको शुरुमा माइक्रोसफ्ट क्षणिक रुपमा एप्पललाई उछिनेर विश्वको सबैभन्दा मूल्यवान पब्लिक ट्रेडेड कम्पनी बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण