फोनपोइन्ट्स र फोनपेबीच लोयल्टी कार्यक्रम व्यवस्थापनका लागि सम्झौता
काठमाडौँ । फोनपोइन्ट्स प्रा.लि. र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क रहेको भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसेज लिमिटेडबीच लोयल्टी व्यवस्थापन कार्यका लागि सम्झौता भएको छ ।
सम्झौतापत्रमा फोनपोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेल र फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले हस्ताक्षर गरे। यो सम्झौता बुधवारदेखि नै लागु भइसकेको छ ।
सम्झौताअनुसार फोनपे फोनपोइन्ट्सको इकोसिस्टममा लोयल्टी व्यवस्थापनका लागि सहभागी बन्नेछ । फोनपोइन्ट्सले पारस्परिक रूपमा फोनपे प्रयोगकर्तालाई प्रशासन, व्यवस्थापन, र लोयल्टी पोइन्टहरू र पुरस्कारहरू समाहित गर्दै व्यापक सेवाहरू प्रदान गर्नेछ ।
सम्झौता कार्यक्रममा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, “ हामी लोयल्टी रिवार्ड व्यवस्थापनमा हाम्रो नयाँ साझेदारको रूपमा फोनपोइन्ट्सको साथ अगाडि बढ्ने यात्राको उत्सुकतापूर्वक आशा गरिरहेका छौ । हामी यो साझेदारीले ग्राहकको सन्तुष्टिमा उल्लेखनीय बृद्धि गर्ने आशा गर्दछौ ।”
फोनपोइन्ट्स र फोनपे बीचकोे यस सहकार्यले नेपालमा लोयल्टी कार्यक्रम व्यवस्थापनको भविष्यलाई आकार दिनको लागि महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण