सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

सातौँ दिन पनि घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि ओरालो

बिहीबार, ११ माघ २०८०, १५ : २७
बिहीबार, ११ माघ २०८०

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहीबार ३.९४ अंकको गिरावट आएको छ । आज बढेर सुरु भएपनि कारोबार अवधिमा घटबढ हुँदै अन्तिममा घटेरै बन्द भएको हो । परिसूचक २०८८ अंकबाट कारोबार खुलेको थियो ।

०.१८ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २०८४ अंकमा आएर रोकिएको छ । यसक्रममा आज ३ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज परिसूचकमा सामान्य गिरावट आउँदा ९१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १४१ वटा कम्पनीको मूल्य घट्दा १५ वटा कम्पनीको मूल्य भने स्थिर छ । यसक्रममा सामलिङ पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै, सिटिजन्स म्यूचुअल फण्ड–२ को सेयर मूल्य ५.०३ प्रतिशतले घट्दा हिमालयन रि इन्स्योरेन्स कम्पनीको २८ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो सबैभन्दा बढी हो ।

परिसूचक घटेपनि आज ५ वटा समूहको सूचकमा भने सुधार आएको छ । व्यापार समूह १४.६५ अंकले बढ्दा म्यूचुअल फण्ड समूह ०.०१ अंक र वित्त समूह २.६५ अंकले बढेको छ । यस्तै, विकास बैंक समूह ५.९५ अंकले बढ्दा बैंक समूहको सूचक २.२६ अंकले बढेको छ ।

६ वटा समूह बढेपनि ७ समूहमा भने गिरावट आएको छ । जसमध्ये होटल र टुरिजम समूहमा ५८ अंकको गिरावट आएको छ भने निर्जीवन बीमा समूहको सूचकमा ४७ अंक र जीवन बीमा समूहको सूचकमा ४५ अंकको गिरावट आएको छ ।

पछिल्लो समय निरन्तररुपमा सेयर बजार परिसूचक घट्दै आएको छ । आजसहित नेप्सेमा यो लगातार ७औँ दिनको गिरावट हो । ७ दिनको अवधिमा ९१.०५ अंकको गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाको खराब प्रतिवेदन सार्वजनिक भएयता बजार निरन्तर ओरालो अवस्थामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप