सातौँ दिन पनि घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि ओरालो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहीबार ३.९४ अंकको गिरावट आएको छ । आज बढेर सुरु भएपनि कारोबार अवधिमा घटबढ हुँदै अन्तिममा घटेरै बन्द भएको हो । परिसूचक २०८८ अंकबाट कारोबार खुलेको थियो ।
०.१८ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २०८४ अंकमा आएर रोकिएको छ । यसक्रममा आज ३ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज परिसूचकमा सामान्य गिरावट आउँदा ९१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १४१ वटा कम्पनीको मूल्य घट्दा १५ वटा कम्पनीको मूल्य भने स्थिर छ । यसक्रममा सामलिङ पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
यस्तै, सिटिजन्स म्यूचुअल फण्ड–२ को सेयर मूल्य ५.०३ प्रतिशतले घट्दा हिमालयन रि इन्स्योरेन्स कम्पनीको २८ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो सबैभन्दा बढी हो ।
परिसूचक घटेपनि आज ५ वटा समूहको सूचकमा भने सुधार आएको छ । व्यापार समूह १४.६५ अंकले बढ्दा म्यूचुअल फण्ड समूह ०.०१ अंक र वित्त समूह २.६५ अंकले बढेको छ । यस्तै, विकास बैंक समूह ५.९५ अंकले बढ्दा बैंक समूहको सूचक २.२६ अंकले बढेको छ ।
६ वटा समूह बढेपनि ७ समूहमा भने गिरावट आएको छ । जसमध्ये होटल र टुरिजम समूहमा ५८ अंकको गिरावट आएको छ भने निर्जीवन बीमा समूहको सूचकमा ४७ अंक र जीवन बीमा समूहको सूचकमा ४५ अंकको गिरावट आएको छ ।
पछिल्लो समय निरन्तररुपमा सेयर बजार परिसूचक घट्दै आएको छ । आजसहित नेप्सेमा यो लगातार ७औँ दिनको गिरावट हो । ७ दिनको अवधिमा ९१.०५ अंकको गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाको खराब प्रतिवेदन सार्वजनिक भएयता बजार निरन्तर ओरालो अवस्थामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण