मतपरिणाम ठ्याक्कै ७ बजेसम्म सार्वजनिक गर्छौँ : निर्वाचन आयोग

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनको मतपरिणाम आज (बिहीबार) साँझ ७ बजेसम्म सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले साँझ ७ बजेभित्र सबै प्रदेशमा मतगणना सम्पन्न गरी आयोगले परिणाम सार्वजनिक गर्ने तयारी गरेको रातोपाटीलाई जानकारी दिए ।
प्रमुख आयुक्त थपलियाले भने,‘मतगणना सम्पन्न गर्ने आयोगको लक्ष्य आजै साँझ ७ बजेसम्म तय गरेका छौँ । ७ बजेसम्म निर्वाचनको परिणाम सार्वजनिक गर्ने हाम्रो तयारी रहेको छ । मतगणना स्थलमा पनि छिटो गणना सम्पन्न गर्छौ भनेका छन् । ७ बजे भनेपनि ढिलोमा साढे ७ होला तर भोलि हुँदैन ।’
राष्ट्रियसभाको १९ सिटका लागि बिहीबार भएको निर्वाचन दिउँसो ३ बजे सम्पन्न भएको छ । ७ प्रदेशमा रहेको मतदान केन्द्रमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ । राष्ट्रिय सभामा १९ पदका लागि ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविमा स्ववियु निर्वाचनअघि रोकिएको विद्यार्थी भर्ना खोल्ने विषयमा विवाद चर्किंदै
-
अध्यक्ष थापालगायतलाई तुरुन्त रिहा नगरे कडा आन्दोलन चर्काउने राप्रपा नेपालको चेतावनी
-
सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाफ गएकाे प्रमाणित भयाे : नवराज सुवेदी
-
प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन, तस्बिरहरू
-
कमल थापा, दिपक सिंह लगायत पक्राउपछि राप्रपाले भन्यो - सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास
-
स्रोत नखुलेको १२ लाख रुपैयाँसहित पर्साबाट तीनजना पक्राउ