आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

घरपालुवा सिंहलाई कारमा सहर घुमाउन लैजाने महिला प्रहरीको फन्दामा

बिहीबार, ११ माघ २०८०, १५ : ४८
बिहीबार, ११ माघ २०८०

बैंकक । थाइल्यान्डका प्रहरीले एक महिलालाई पक्राउ गरेका छन् । पट्टायाको सडकमा घरपालुवा सिंहलाई कारमा राखेर घुमाइरहेको भिडियो भाइरल बनेपछि प्रहरीले ती महिलालाई समातेको हो । महिलाको साथमा एक जना श्रीलंकाली पुरुष पनि थिए । ती पुरुष थाइल्यान्ड छाडेर गइसकेको बताइएको छ । पक्राउ पर्ने महिला सावाङजित कोसोङनेर्न हुन् ।

थाइल्यान्डमा सिंह घरपालुवा जनावरको रूपमा सिंह राख्नु गैरकानूनी होइन । तर यसलाई आधिकारिक रूपमा दर्ता चाहिँ गराएको हुनु पर्छ । थाई अधिकारीहरूका अनुसार सावाङजितले नाखोम पाथो प्रान्तका एक पुरुषसँग सिंह किनेकी हुन् । तर यसो गर्नु अघि उनको कम्पनीले आधिकारीहरूसँग चेकजाँच गराएनन् । यसका कारण सिंहको विक्री र क्रय दुवै गैरकानूनी बनेको बताइएको छ । महिलामाथि अनुमति नलिईकन नियन्त्रित जंगली जनावर राखेको अभियोग लगाइएको छ । यस मामिलामा ती महिलाले एक वर्षको जेल सजाय र १ लाख भाटसम्मको जरिवाना तिर्नु पर्नेछ ।

प्रहरीले श्रीलंकाली पुरुषको पनि खोजी गरिरहेको छ । ती पुरुषमाथि नियन्त्रित जंगली जनावर सार्वजनिक स्थलमा लगेको अभियोग चलाइनेछ । यस मामिला ती पुरुषलाई ६ महिनासम्मको जेल सजाय र ५० हजार थाई भाटसम्मको जरिवाना हुन सक्नेछ । अनुमति नलिईकन बेचेको आरोपमा सावाङजितलाई सिंह बेच्ने पुरुषमाथि पनि अभियोग चलाइने छ । अहिले थाइल्यान्डभर अनुमति लिएर घरपालुवा जनावरको रूपमा पालिएको सिंहको सङ्ख्या २२४ रहेको अधिकारीहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप