हामी नेपाली हाम्रो नेपाल पार्टी राप्रपा नेपालमा समाहित

काठमाडौँ । हामी नेपाली हाम्रो नेपाल पार्टी राप्रपा नेपालमा समाहित भएको छ । राप्रपा नेपालमा समाहित गर्ने निर्णय बमोजिम हामी नेपाली हाम्रो नेपाल पार्टी बिहीबार समाहित भएको सो पार्टीका अध्यक्ष प्रदीप ओलीले जानकारी दिए ।
बाँकेको कोहलपुरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा पार्टीलाई राप्रपा नेपालमा समाहित गरिएको घोषणा गरिएको हो । समाहित भएको निर्णयको सहमति पत्रमा राप्रपा नेपालका उपाध्यक्ष गोबिन्दबिक्रम शाह र हामी नेपाली हाम्रो नेपाल पार्टीका अध्यक्ष प्रदीप ओलीले हस्ताक्षर गरेका छन् ।
सहमति बमोजिम सबैलाई पार्टी केन्द्रले उपयुक्त जिम्मेवारी दिई पार्टीमा क्रियाशील बनाउने राप्रपा नेपालका सह–महामन्त्री हिक्मत ढकालले जानकारी दिए । समाहित भएको घोषणा पछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमा सम्पूर्णलाई गौरवशाली राष्ट्रवादी राप्रपा नेपालमा हार्दिक स्वागत भन्दै हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना गर्न चाहने,संघीयता खारेज गर्न चाहने तथा भ्रष्ट व्यवस्था अन्त गरी सुशासन र समृद्धि चाहने सबै एकजुट हुन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन आयोग चाहिन्छ : रास्वपा
-
सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउने मुख्यमन्त्री शाहको प्रतिबद्धता
-
सरकारले कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका बन्द गरिदियो: इप्पान
-
निलम्बनविरूद्ध पाण्डेद्वारा उच्च अदालत पाटनमा रिट दायर, बुधबार पेसी
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
-
प्रतिनिधिसभा बैठक साढे चार बजेपछि बस्ने