हामी नेपाली हाम्रो नेपाल पार्टी राप्रपा नेपालमा समाहित
काठमाडौँ । हामी नेपाली हाम्रो नेपाल पार्टी राप्रपा नेपालमा समाहित भएको छ । राप्रपा नेपालमा समाहित गर्ने निर्णय बमोजिम हामी नेपाली हाम्रो नेपाल पार्टी बिहीबार समाहित भएको सो पार्टीका अध्यक्ष प्रदीप ओलीले जानकारी दिए ।
बाँकेको कोहलपुरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा पार्टीलाई राप्रपा नेपालमा समाहित गरिएको घोषणा गरिएको हो । समाहित भएको निर्णयको सहमति पत्रमा राप्रपा नेपालका उपाध्यक्ष गोबिन्दबिक्रम शाह र हामी नेपाली हाम्रो नेपाल पार्टीका अध्यक्ष प्रदीप ओलीले हस्ताक्षर गरेका छन् ।
सहमति बमोजिम सबैलाई पार्टी केन्द्रले उपयुक्त जिम्मेवारी दिई पार्टीमा क्रियाशील बनाउने राप्रपा नेपालका सह–महामन्त्री हिक्मत ढकालले जानकारी दिए । समाहित भएको घोषणा पछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमा सम्पूर्णलाई गौरवशाली राष्ट्रवादी राप्रपा नेपालमा हार्दिक स्वागत भन्दै हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना गर्न चाहने,संघीयता खारेज गर्न चाहने तथा भ्रष्ट व्यवस्था अन्त गरी सुशासन र समृद्धि चाहने सबै एकजुट हुन आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण