बक्स अफिसमा फाइटरको शानदार ओपनिङ
नयाँ दिल्ली । ऋतिक रोशन र दीपिका पादुकोणको फाइटरले शुक्रवार शानदार ओपनिङ गरेको छ । अनिल कपुर र करण सिंह ग्रोवरको समेत मुख्य भूमिका रहेको फिल्मको कहानी पाकिस्तानको आतंकवादी समूहमाथि गरिएको हवाई आक्रमण आसपास घुमेको छ । गणतन्त्र दिवसको अवसरमा देश भक्तिको सन्देश रहेको फिल्मलाई भारतीय जनता र आलोचक दुवैले निकै माया बर्साएका थिए ।
कति भयो फर्स्ट डे कलेक्सन ?
फिल्मबारे टिजर रिलिज यता नै निकै चर्चा थियो । फिल्मले हलमा हंगामा मच्चाउने अनुमान गरिएको थियो । भयो पनि त्यस्तै । पहिलो दिनको व्यापार हेर्दा यस्तो भन्न मिल्छ । फिल्मले शानदार ओपनिङ गरेको छ । पहिलो दिन फिल्मको नेट कलेक्सन २२ करोड भारु छ । फिल्मको वर्ल्डवाइड कलेक्सन यो भन्दा राम्रो हुने आशा गरिएको छ । फाइटरले ओपनिङ डेका लागि २ लाख ७९ हजार ३६७ ओटा टिकट बेचेको थियो । यसबाट करिब ८ करोड ४० लाख भारु एड्भान्स कलेक्सन भएको थियो ।
ऋतिकको पछिल्लो फिल्म विक्रम वेधाको ओपनिङ कलेक्सन करिब १० करोड ५८ लाख भारु थियो । यस हिसाबमा फाइटरले विक्रम वेधाको रेकर्ड तोडेको छ । तर वारको तुलनामा भने फाइटर पछाडि रह्यो । वारको ओपनिङ कलेक्सन ५१ करोड ६० लाख भारु थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण