लागुऔषधका थुनुवा भगाई फरार रहेका तत्कालीन प्रहरी १६ वर्षपछि पक्राउ
शुक्रबार, १२ माघ २०८०, १५ : ५२
काठमाडौँ । लागुऔषधका थुनुवालाई भगाएर फरार रहेका तत्कालीन प्रहरी १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको पथरावुधराम–३ का ४१ वर्षीय विरवलराय यादव रहेका छन् ।
उनलाई बिहीबार नेपाल भारत सिमानाको काकडभिट्टाबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका यादव लागुऔषध खैरो हेरोइन मुद्दाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका भारतीय नागरिक असरफ आलम भगाई फरार रहेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
यादव सोही कार्यालयको हिरासत कार्यरत तत्कालिन प्रहरी जवान हुन् । प्रहरी उपरीक्षक रेग्मीले यादवलाई मुलुकी अपराध संहिता २०७४ को दफा १०२ अनुसारको कसुरमा सजाय हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण