खट जात्रालाई राष्ट्रिय उत्सव बनाउन प्रधानमन्त्रीलाई आग्रह
काठमाडौँ । प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले पाल्पामा हुने भगवती जात्रा (खट जात्रा) लाई राष्ट्रिय उत्सवका रुपमा अझ भव्य र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् । एमाले युवा नेता समेत रहेका गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेका हुन् ।
साथै उनले यस जात्रा समारोहलाई नेपाल सरकारको औपचारिक पर्व, महोत्सवका रुपमा कार्यतालिकामा समावेश गर्नुका साथै समारोहमा राष्ट्रपति र प्रधानमन्त्रीको समेत उपस्थिति हुने वातावरण मिलाइदिन आग्रह गरेका छन् । त्यसका लागि नेता गैरेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै ध्यानाकर्षपत्र बुझाएर आग्रह गरेका हुन् ।
कर्णेल उजिरसिंह थापा नेतृत्वको पाल्पाली सेना र ब्रिटिश सेना बिच विं.स. १८७१/१८७२ मा पाल्पाको नुवाकोट र रुपन्देहीको जितगढी क्षेत्रमा युद्ध भएको थियो । युद्ध मैदानमा जानेबेला देवी भगवतिसँग आशिर्वाद लिएर गएका कर्णेल उजिरसिंहको नेतृत्वको पाल्पाली सेनाले अंग्रेज सेनालाई पराजित गर्न सफल भएपछि उक्त खुसियालीमा तानसेनमा तीनतले श्री ७ रणउजेश्र्वरी भगवती मन्दिर निर्माण गरी बि. सं. १८७७ को कृष्ण जन्माष्टमी तिथि पारेर विजय उत्सवका रुपमा भगवती जात्रा (खट यात्रा) विजय उत्सव मनाइँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण