स्पीनर सुवास भण्डारीलाई आईसीसीको कारबाही
काठमाडौँ । नेपाली युवा अफ स्पीनर सुवास भण्डारीले यू–१९ विश्वकपका दौरान आईसीसीको ‘कोड अफ कन्डक्ट’ अन्तरगत लेभल १ को नियम तोडेकोमा दोषी पाइएका छन् । गत बुधबार नेपाल र पाकिस्तानबिचको समूह चरणको खेलमा यो घटना भएको हो ।
उक्त खेलमा नेपालले १ सय ९७ रन बनाएको थियो जसलाई पाकिस्तानले ४८ औँ ओभरमा पछ्याउँदै ५ विकेटको जीत हासिल गरेको थियो । पाकिस्तानले ब्याटिङ गरिरहँदा १४ औँ ओभरमा भण्डारीले गलत तरिकाले पाकिस्तानका ब्याट्सम्यान शाहजिब खानतर्फ फ्याँकेका थिए । बलले उनको हातमा लागेको थियो ।
आईसीसीका अनुसार भण्डारीले आईसीसी कोड अफ कन्डटक्टको आर्टिल २.९ लाई तोडेको पाइएको छ । यस अनुसार कुनै पनि खेलाडीले खेलका दौरान खेलाडीतर्फ वा खेलाडीको नजिक खतरनाक वा गलत तरिकाले बल फ्याँक्न पाउँदैन ।
कारबाही स्वरूप आईसीसीले भण्डारीको अनुशासनको रेकर्डमा एक ‘डिमेरिट प्वाइन्ट’ थप गरेको छ । भण्डारीले आफूले गल्ती गरेको र आईसीसीका म्याच रेफ्री ग्रेम ल्याब्रोईद्वारा प्रस्तावित कारबाही स्वीकार गरिसकेकाले यसबारे थप सुनुवाइ आवश्यक नरहेको आईसीसीले जनाएको छ ।
लेभल १ को नियम तोड्दा खेलाडीको म्याच फिको ५० प्रतिशतसम्म जरिवाना र एक वा दुई अङ्क डिमेरिट प्वाइन्ट दिइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण