निगमको गियर चेन्ज भयो, अब स्पिडमा अघि बढ्छ : मन्त्री किराती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताएका छन् । शनिबार निगमको सिनामंगलस्थित जग्गामा निगमको प्रधान कार्यालय भवनको भूमिपूजन गर्दै किरातीले सबैले इमानदार भएर काम गर्ने हो भने एक वर्षमै निगमको मुहार फेरिने दाबी गरेका हुन् ।
उनले निगम अन्तर्राष्ट्रिय जगतमा चिनाउने देशको मुहार भएकाले निगमलाई राम्रो बनाउनुपर्ने बताए । उनले निगमले नेपालको इतिहास र वर्तमान गौरवलाई प्रस्तुत गर्ने जिकिर गरे। उनले आफू मन्त्री बनेपछि गरेको एक वर्षको कामले कछुवाको गतिमा भए पनि निगमलाई राम्रो र व्यवस्थित बनाउन आफू लागिरहेको पनि बताए ।
उनले भने, ‘मलाई लाग्छ साँच्चै हाम्रो निगम गौरवको विषय बन्नेछ । सबैले इमानदार भएर लागौँ । एक वर्ष सबैले इमानदार होऔँ । यसले दिने परिणामबाट हामी अर्कै ठाउँमा पुग्छौँ । हाम्रो देशको अनुहार, रुपै भनौँ अन्तर्राष्ट्रिय जगतमा देखाउने निगम हो । यो निगमलाई राम्रो बनाउनुपर्छ भन्ने मेरो मात्रै होइन, अहिलेको वर्तमान प्रधानमन्त्रीको पनि सपना हो । जसले हाम्रो राष्ट्रिय ध्वजा बोकेर संसारभर जाने गर्छ, जसले हाम्रो इतिहास र वर्तमान गौरवलाई प्रस्तुत गर्ने गर्दछ । त्यस कारणले निगम हामीले बनाउनै पर्छ । जतिबेला म मन्त्री भएको थिएँ, अहिले एक वर्ष पनि पार भइसकेको छ । मानिसहरूले भन्थे, सुनिन्थ्यो, देखिन्थ्यो पनि । अनुभूति पनि हुन्थ्यो । सबैभन्दा ठुलो चुनौती वायुसेवा निगम जसले सफलता र असफलताको मार्गचित्र निर्माण गर्नेछ, भनेर म आफूलाई पनि लाग्थ्यो । तर यो वर्ष दिनको अनुभवले हामी पछि हटेका छौँ जस्तो लाग्दैन । कछुवाकै गतिमा भए पनि हामी अघि बढिरहेका छौँ ।’
निगमले एक वर्षमा आफ्नो व्यवस्थापन खर्चबाट रकम निकालेर तिरेको ऋण, चिनियाँ जहाजको निकास दिने कुराको साहस र आँट, दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरूको खरिद प्रक्रिया अघि बढाइएको सन्दर्भले बिस्तारै निगम माथि उठ्दै गएको अनुभूति भएको बताए । ‘यो एक वर्षमा निगमले आफ्नो व्यवस्थापन खर्चबाट रकम निकालेर तिरेको ऋणको उदाहरण, वर्षौँदेखि सेतो हात्तीको रूपमा चित्रण गर्दै आएको चिनियाँ जहाजको निकास दिने कुराको साहस र आँट, दुर्गम क्षेत्रमा उडान गर्ने जहाजहरूको खरिद प्रक्रिया अघि बढाइएको कुरा होस्, वा अन्तर्राष्ट्रिय र हाम्रो ट्रंक रुटमा पनि उड्ने जहाजहरूको लिज प्रोसेस अब अन्तिम चरणमा पुगेको कुराले होस् । ढिलो भए पनि अघि नै बढेका छौँ । आजदेखि निगमको गाडीमा गियर चेन्ज भएको छ । अब स्पिड लिने विश्वास छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण