यो साता सुनको मूल्यमा भएन घटबढ, चाँदीमा सामान्य वृद्धि
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार सुनको मूल्य स्थिर कायम भएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार पनि सोही मूल्य कायम रहेर कारोबार भएको हो ।
यो साताको आइतबार गत शुक्रबारको तुलनामा ४०० रुपैयाँले बढेर १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको थियो । त्यसयता लगातार चौथो दिन सुनको मूल्य स्थिर रह्यो । यसबाहेक, बिहीबार ४०० रुपैयाँले घटेर १ लाख १८ हजार कायम भयो र शुक्रबार पनि सोही मूल्यमा कारोबार भयो ।
यस्तै, यो साता चाँदीको मूल्यमा सामान्य वृद्धि आएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो । यो साता तोलामा ५ रुपैयाँले बढेर चाँदीको मूल्य १४ सय कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण