मानहानि मुद्दामा ट्रम्पले ८.३३ करोड डलर तिर्नुपर्ने
वासिङ्टन । एक अमेरिकी अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखक ई जीन क्यारोलले दायर गरेको मानहानि मुद्दामा ८.३३ करोड डलर क्षतिपूर्ति तिर्न आदेश गरेको छ। उनी राष्ट्रपति हुँदा क्यारोललाई बदनाम गरेको आरोप लगाइएको थियो।
यस मानहानि मुद्दामा फैसला सुनाउँदै न्यायाधीशहरुले क्यारोललाई भावनात्मक रूपमा चोट पुगेको र उनको प्रतिष्ठामा चोट पुर्याएकोमा ट्रम्पले १.८३ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने बताएको छ। यसबाहेक ६.५० करोड डलर जरिवाना तिर्नुपर्नेछ ।

निर्णय पछि क्यारोलले यो महिलालाई अपमानित गर्ने प्रयास गर्ने प्रत्येकका लागि ठुलो हार भएको बताइन् । उता ट्रम्पले यो निर्णयलाई ‘बिलकुलै हास्यास्पद’ भनेका छन् ।
शुक्रबार सुनुवाइका क्रममा ट्रम्प अदालतमा उपस्थित थिए तर फैसला सुनाउँदा उनी त्यहाँ थिएनन् । यो केस २०१९ मा क्यारोलको बारेमा ट्रम्पको टिप्पणीसँग सम्बन्धित थियो। उनले सामाजिक सञ्जालमा लगातार क्यारोललाई निशाना बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण