एपीएफसँग गण्डकी ८८ रनले पराजित
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश एएफपीसँग ८८ रनले पराजित भएको छ । एपीएफले प्रस्तुत गरेको २ सय ८ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी ३३.४ ओभरमा मात्र १ सय १९ रनमा समेटियो ।
गण्डकीलाई सस्तोमा समेट्न अमर रोटेलाले ४ विकेट लिए भने मौसम ढकालले ३ तथा भुवन कार्कीले २ विकेट लिए । गण्डकीका लागि ओपनर समीर कँडेलले सर्वाधिक ३३ रनको योगदान दिए भने अर्का ओपनर ईश्वर क्षेत्रीले २८ रन बनाए । त्यस्तै, कप्तान विपिन कार्कीले १८ तथा करन पंगेनीले १६ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४७.२ ओभरमा सबै विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । एपीएफका लागि ओपनर लोकेश बमले सर्वाधिक ५० रनको योगदान दिए । उनले ६७ बलमा ५ चौका र २ छक्का हिर्काए । त्यस्तै, भुवन कार्कीले ४५ रन तथा प्रदीप ऐरीले ३९ रन बनाए । पुरन बिकले ३० रनको योगदान दिए ।
गण्डकीका लागि कमल परियारले ३ तथा विपिन खत्री, अमृत गुरुङ र सन्दीप पराजुलीले २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण