पार्टी नेतृत्वमा अहिले मेरो विकल्प छैन : अध्यक्ष प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताएका छन् । सहिद प्रतिष्ठान नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको निष्कर्षमा आफू रहेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकी रहेको र उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाइदिने आश्वासन समेत दिए । उनले समान विचार भएका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध हुन पनि आह्वान गरे ।
उनले भने,‘मलाइ के लाग्छ भने अझै पनि जिम्मेवारी त्यही नेतृत्वको बाँकी छ भन्ने मेरो ठहर छ । मैले अहिले रातारात अर्को नेता युवाहरु आइहाल्छन् । उनीहरुले सबैलाई लगी हाल्छन् भन्ने स्थिति अझै तयार भइहालेको छैन । हाम्रो काम हो–त्यस्तो वातावरण बनाइदिनु । हामीले एकताको प्रक्रियाद्वारा, एकताको तागतद्वारा नयाँ पुस्तालाई फेरि नेतृत्वको निम्ति तयार पार्ने वातावरण बनाइदिने जिम्मेवारी हाम्रो हो । हामी त्यो जिम्मेवारीप्रति अहिले गम्भीर छौँ ।’
अध्यक्ष प्रचण्डले पार्टी नेतृत्वमाथि उदासीन हुने काम नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । कार्यक्रममा उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गराउन आफूहरुले बल गरिरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण