बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आचार्य कल्याण समाज मोरङको अध्यक्षमा पुनः पदम प्रसाद आचार्य

शनिबार, १३ माघ २०८०, १९ : ४३
शनिबार, १३ माघ २०८०

विराटनगर । आचार्य कल्याण समाजको ११ औँ साधारण सभाबाट पुनः पदमप्रसाद आचार्यको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति गठन भएको छ । 

मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा रहेको कौण्डिन्य आचार्यहरुको सांस्कृतिक केन्द्रमा बसेको साधारण सभाले २ वर्षे कार्यकालका लागि नयाँ समिति निर्माण भएको हो । २०६४ सालमा स्थापित कल्याण समाजको उपाध्यक्षमा जयधर्म आचार्य, शिव आचाई र दुर्गा रिजाल आचार्य चयन भएका छन् । सचिवमा ठाकुर प्रसाद आचार्य, सहसचिवमा गणेश आचार्य र कोषाध्यक्षमा सन्तोष आचार्य चयन भएका छन् । 

समाजको सदस्यहरुमा चक्रप्रसाद आचार्य, देवीप्रसाद आचार्य, गुणराज आचार्य, गोपाल आचार्य, लिलाप्रसाद आचार्य, मुरारी आचार्य, नारायण प्रसाद आचार्य (ए), नारायणप्रसाद आचार्य (बि), रोशन आचार्य, कालिप्रसाद आचार्य, विनीता भारती आचाई र जानुका दाहाल आचार्य चयन भएका छन् । उक्त साधारण सभाले जिल्ला कार्यसमितिको सल्लाहकारमा १४ जनालाई चयन गरेको छ । जसमा जीवन आचार्य, चुँडामणि आचार्य, बालकृष्ण आचार्य, भवकृष्ण आचार्य, मिन कुमार आचार्य, हरिप्रसाद आचार्य, गंगा प्रसाद आचार्य, शान्तिप्रसाद आचार्य, मिता आचार्य, हिराप्रसाद आचार्य, छत्रमणि आचार्य, अम्बिका प्रसाद आचार्य रहेका छन् । 

साधारण सभाले सबै पालिकाका आचार्य कल्याण समाजका अध्यक्षहरुलाई जिल्लाको पदेन सदस्य रहने निर्णय पनि गरेको छ । यस्तै आचार्य बन्धुहरुको हकहित र सांस्कृतिक सम्पदाहरुको संरक्षणको लागि कोष खडा गर्न आगामी २०८१ मंसिरमा वृहत महायज्ञ पुराण लगाउने निर्णय गरेको छ । 

अध्यक्ष पदम प्रसाद आचार्यले साधारण सभामा यसअघि भएका गतिविधि र आगामी योजना सहितको प्रतिवेदन पेस गरेका थिए भने कोषाध्यक्ष सन्तोष आचार्यले आर्थिक प्रतिवेदन पेस गरेका थिए । आवश्यक छलफलपछि दुवै प्रस्ताव सर्वसम्मतिले पारित भएको अध्यक्ष आचार्यले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप