सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात, जनजीवन कष्टकर
शनिबार, १३ माघ २०८०, २० : ०१
सङ्खुवासभा । सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ । शुक्रबार रातिदेखि जिल्लाको माथिल्लो भेगमा हलुका वर्षासँगै अहिले हिउँ परिरहेको छ ।
उच्च हिमाली भागमा बाक्लो हिमपात हुन थालेपछि जनजीवन कष्टकर बनेको छ । हिमपातले उत्तरी क्षेत्रको किमाथाङ्का नाका, मकालु आधार शिविर, तीनजुरे, गुफापोखरी, मङ्गलबारे, क्षेत्रका डाडाँकाँडा हिउँले सेताम्मै भएका छन् ।
बाक्लो हिमपात भएकाले जनजीवन कष्टकर भएको छ । अहिले पनि त्यस क्षेत्रमा हल्का वर्षा भइरहेकाले हिउँ पर्ने क्रम जारी रहेको स्थानीयको भनाइ छ । हिउँ परेपछि उच्च हिमाली क्षेत्रमा चिसो अत्यधिक बढेको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका छन् भने आम सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण