आफ्नै पार्टीका नेतासँग भड्किइन् रेखा, भनिन्– ‘देशको माया हुनेले सन्तान अमेरिकामा किन राखेको ?’
काठमाडौँ । अभिनेत्री रेखा थापा यतिबेला अमेरिकामा छिन् । पहिलो सन्तान जन्माउन उनी केही अगाडि अमेरिका पुगेकी हुन् । अमेरिकामा उनले ‘बेबी सावर’ समेत गरेकी छन् । जसको भिडियो तथा तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।
सन्तानलाई जन्म दिन अमेरिका पुगेकी रेखालाई अहिले उनकै पार्टीका नेताहरूले कटाक्ष गर्न थालेका छन् । शनिवार एक कार्यक्रममा बोल्ने क्रममा उनी केन्द्रीय सदस्य रहेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्थाका कारण अहिले एउटी आमा आफ्नो सन्तान नेपालमा जन्मियोस् भन्ने नचाहने गरेको उल्लेख गर्दै घुमाउरो रूपमा रेखाको उदाहरण दिएका थिए ।
त्यस्तै राप्रपाकै केन्द्रीय सदस्य रवीन्द्र मिश्रले मौका पायो भने कसैले छोड्दैन भनेका थिए । सार्वजनिक कार्यक्रममा आफ्नै पार्टीको नेताहरूबाट आफू माथि कटाक्ष भएपछि अभिनेत्री रेखा भड्किएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले देशको माया हुनेले आफ्नो सन्तान अमेरिकामा किन राखेको भनेर प्रश्न समेत गरेकी छन् ।
उनले लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल बोलाए हुन्थ्यो । अमेरिकामा किन राखेको ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण