उत्तर कोरियाद्वारा क्रुज मिसाइल प्रहार
आइतबार, १४ माघ २०८०, १३ : ३८
सोल । उत्तर कोरियाले आफ्नो पूर्वीय तटबाट कयौँ क्रुज मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । पछिल्ला महिनाहरूमा उत्तर कोरियाले कयौँ पटक मिसाइल परीक्षण गरेको छ जसले कोरियाली प्रायद्वीपमा तनाव बढेको छ ।
आइतबार सिनपो बन्दरगाह नजिकैबाट मिसाइल प्रहार गरिएको थियो । कति वटा र कस्ता प्रकारका मिसाइल प्रहार गरिए भन्ने खुल्न सकेको छैन । गत बुधबार मात्र उत्तर कोरियाले फुलवासाल–३–३१ नामक क्रुज मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले जानकारी दिएको थियो ।
उत्तर कोरियाली नेता किम जोङ उन पछिल्लो समय आफ्नो नीतिमा आक्रामक बन्दै गएका छन् । उनले शान्ति लक्षित विभिन्न सहमतिहरू तोडेका छन् भने सैन्य गतिविधिहरू बढाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण