बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

असई भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

युरिया मल र मोटरसाइकल छुटाइदिन्छु भनेर लिएका थिए ८ हजार
आइतबार, १४ माघ २०८०, २३ : ०७
आइतबार, १४ माघ २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युरिया मल र मोटरसाइकल छुटाइदिन्छु भनेर ८ हजार घुस/रिसवत लिने प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रसिंह भण्डारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बाँकेस्थित प्रहरी चौकी खडैचामा कार्यरत असई भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनेर घुस/रिसवत लिएको अभियोग छ । 

आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले असई भण्डारीलाई सेवाग्राहीबाट ८ हजार लिएको अवस्थामा गत पुस २५ गते रंगेहात पक्राउ गरेको थियो । आयोगका प्रवक्ता नरहरि आचार्यका अनुसार भण्डारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५८ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो जरिवाना र कैद सजायको मागदावी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप