असई भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
युरिया मल र मोटरसाइकल छुटाइदिन्छु भनेर लिएका थिए ८ हजार
आइतबार, १४ माघ २०८०, २३ : ०७
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युरिया मल र मोटरसाइकल छुटाइदिन्छु भनेर ८ हजार घुस/रिसवत लिने प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रसिंह भण्डारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बाँकेस्थित प्रहरी चौकी खडैचामा कार्यरत असई भण्डारीले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनेर घुस/रिसवत लिएको अभियोग छ ।
आयोगको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले असई भण्डारीलाई सेवाग्राहीबाट ८ हजार लिएको अवस्थामा गत पुस २५ गते रंगेहात पक्राउ गरेको थियो । आयोगका प्रवक्ता नरहरि आचार्यका अनुसार भण्डारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५८ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो जरिवाना र कैद सजायको मागदावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण