नागरिकता प्रकरणमा पाण्डेयको खण्डन : तीन वटा नागरिकता लिएको स्वीकार
काठमाडौँ । रातोपाटी डटकममा गत शुक्रवार प्रकाशित ‘संसदका प्रस्तावित महासचिव पाण्डेयको ३ नागरिकता, २ राहदानी’ शीर्षकको समाचारप्रति असहमति जनाउँदै पद्मप्रसाद पाण्डेयले आइतबार खण्डन पठाएका छन् । गृह मन्त्रालयले तयार पारी संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको लिखित विवरण (प्रतिवेदन)का आधारमा रातोपाटीले समाचार सम्प्रेषण गरेको थियो ।
रातोपाटीलाई उनले पठाएको खण्डनमा तीन वटा नागरिकता लिएको विषय भने स्वीकारेका छन् । ‘मेरो नागरिकता हराएको कारण सोको प्रतिलिपि लिने क्रममा जन्म मिति फरक परेको र पछि हराएको नागरिकता फेला परेको कारण प्रतिलिपिसमेत निवेदन साथ आफैँ उपस्थिति भई दुवै नागरिकताको प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय पाल्पामा बुझाएको हुँ’, उनले रातोपाटीलाई पठाएको खण्डनमा भनिएको छ, ‘नेपाल सरकारको सम्बन्धित निकायले आवश्यक छानबिन गरी मेरो दुवै नागरिकताको प्रति आफैँ राखी मलाई तेस्रो नागरिकता प्रदान गरेको हो भने राहदानी सम्बन्धित निकायमा मैले फिर्ता बुझाएको हुँ ।’
तर कानुन बमाेजिमको प्रक्रिया पूरा गरी निराकरण भइसकेको विषयलाई फरक अर्थ गर्नेगरी समाचार प्रकाशित गरिएको खण्डनमा जिकिर गरिएको छ ।
प्रेस काउन्सिल नेपाललाई बोधार्थ दिई पाण्डेयले पठाएको खण्डन यस प्रकार रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण