मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

त्रिवि सुधार्न सरकार, प्राध्यापक र विद्यार्थीले सामूहिक प्रतिबद्धता गर्नुपर्छ  : खिमलाल देवकोटा

आइतबार, १४ माघ २०८०, १७ : १६
आइतबार, १४ माघ २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालय सुधार्नका लागि सरकार, प्राध्यापक, विद्यार्थी हस्तक्षेप गर्दैनौ भनेर सामूहिक प्रतिबद्धता जनाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।

‘सरकारले हस्तक्षेप गर्दिन, प्राध्यापक र विद्यार्थीले पनि हामी राजनीतिक आवरणमा काम गर्दैनौ, नेतृत्वलाई सहयोग गर्छौ भनेर सामूहिक प्रतिबद्धता गर्न पनि त्यत्तिकै जरुरी छ’, आइतबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।

त्रिभुवन विश्वविद्यालयका सम्बन्धमा संसद्मा आफूले पटक–पटक चर्चा गरेको स्मरण गर्दै उनले दलका कैयौँ नेताहरुले विश्वविद्यालय सुधार गर्न भित्रकै प्राध्यापक र विधार्थीहरु एकजुट भई संयुक्त रुपमा सुधारका प्याकेजहरु ल्याउन जरुरी रहेको उल्लेख गरेका छन् ।

‘त्रिभुवन विश्वविद्यालय बिग्रेको छ/भत्केको छ । यसलाई सुधार गर्न सकिँदैन । बरु यसको विकल्प सोच्नुपर्दछ भन्ने छ’, विश्वविद्यालयको अवस्थाबारे जानकारी दिँदै उनले भने, ‘त्यसैको कडीका रुपमा धमाधम नयाँ विश्वविधालयहरु थपिँदैछ । विधेयकहरु ल्याँइदैछ । त्रिभुवन अन्यथा सरकार/नेताहरुले सुधार गरिदेलान् भनेर नसोचे हुन्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप