त्रिवि सुधार्न सरकार, प्राध्यापक र विद्यार्थीले सामूहिक प्रतिबद्धता गर्नुपर्छ : खिमलाल देवकोटा
काठमाडौँ । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालय सुधार्नका लागि सरकार, प्राध्यापक, विद्यार्थी हस्तक्षेप गर्दैनौ भनेर सामूहिक प्रतिबद्धता जनाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।
‘सरकारले हस्तक्षेप गर्दिन, प्राध्यापक र विद्यार्थीले पनि हामी राजनीतिक आवरणमा काम गर्दैनौ, नेतृत्वलाई सहयोग गर्छौ भनेर सामूहिक प्रतिबद्धता गर्न पनि त्यत्तिकै जरुरी छ’, आइतबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।
त्रिभुवन विश्वविद्यालयका सम्बन्धमा संसद्मा आफूले पटक–पटक चर्चा गरेको स्मरण गर्दै उनले दलका कैयौँ नेताहरुले विश्वविद्यालय सुधार गर्न भित्रकै प्राध्यापक र विधार्थीहरु एकजुट भई संयुक्त रुपमा सुधारका प्याकेजहरु ल्याउन जरुरी रहेको उल्लेख गरेका छन् ।
‘त्रिभुवन विश्वविद्यालय बिग्रेको छ/भत्केको छ । यसलाई सुधार गर्न सकिँदैन । बरु यसको विकल्प सोच्नुपर्दछ भन्ने छ’, विश्वविद्यालयको अवस्थाबारे जानकारी दिँदै उनले भने, ‘त्यसैको कडीका रुपमा धमाधम नयाँ विश्वविधालयहरु थपिँदैछ । विधेयकहरु ल्याँइदैछ । त्रिभुवन अन्यथा सरकार/नेताहरुले सुधार गरिदेलान् भनेर नसोचे हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण