बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन : मन्त्री बस्नेत

सोमबार, १५ माघ २०८०, १४ : २०
सोमबार, १५ माघ २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् ।  

सोमबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे । उनले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको बताए । 

मन्त्री बस्नेतले कमजोरीहरुलाई हटाएर अघि बढ्न आवश्यक रहेको बताए । उनले जनसंख्या बढिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको बताए । उनले देशमा कामै नपाउने अवस्था रहेको बताए । उनले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो भइरहेको बताए ।

उनले भने,‘ मैले सर्सती हेर्दा अब ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन । यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन् ।’

मन्त्री बस्नेतले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमिक पाउने जनशक्ति बनाएर विदेश पठाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप