ब्युँतियो जापानको मुन ल्यान्डर
टोकियो । जापानले चन्द्रमामा पठाएको यान चल्न थालेको छ । बिजुलीको आपूर्ति नभएर एक हप्तासम्म बन्द रहेको उक्त ल्यान्डर पुनः सञ्चालनमा आएको जापानको अन्तरिक्ष अन्वेषण एजेन्सी (जासा)ले बताएको हो ।
आइतबार रातिदेखि जासाले ल्यान्डरसँग सम्पर्क पुनः स्थापित गरेको छ । चन्द्रामामा प्रकाशको अवस्थिति फेरिएपछि यानमा जडित सोलार सेलहरूले काम गर्न थालेका थिए ।
चन्द्रामाको अनुसन्धान गर्न पठाइएको सो स्मार्ट ल्यान्डर (स्लिम) जनवरी २० मा ल्यान्ड भएलगत्तै बन्द भएको थियो । चन्द्रमामा यान सफलताका साथ अवतरण भएपछि यस्तो सफलता हासिल गर्ने जापान अमेरिका, पूर्व सोभियत सङ्घ, चीन र भारतपछिको पाँचौँ देश बनेको छ ।
चन्द्रमामा अँध्यारो भएकोले यान कयौँ घण्टा ब्याट्रीबाट चलेको थियो । चन्द्रमामा घामको किरण परेपछि सोलार सेलले बिजुली उत्पादन भएर यान चलोस् भनेर जासाले ब्याट्री बन्द गरिदिएको थियो ।
स्लिम चन्द्रमाबाट खिचेको तस्बिरहरू जासाले एक्समा शेयर गरेको थियो । स्लिम कति समयसम्म चन्द्रमामा सञ्चालनमा आउँछ भनेर जासाले तत्कालै केही बताएको छैन । स्लिमले चन्द्रमाको ढुङ्गाको प्रकृतिको अध्ययन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण