सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्युँतियो जापानको मुन ल्यान्डर

सोमबार, १५ माघ २०८०, १६ : १४
सोमबार, १५ माघ २०८०

टोकियो । जापानले चन्द्रमामा पठाएको यान चल्न थालेको छ । बिजुलीको आपूर्ति नभएर एक हप्तासम्म बन्द रहेको उक्त ल्यान्डर पुनः सञ्चालनमा आएको जापानको अन्तरिक्ष अन्वेषण एजेन्सी (जासा)ले बताएको हो ।

आइतबार रातिदेखि जासाले ल्यान्डरसँग सम्पर्क पुनः स्थापित गरेको छ । चन्द्रामामा प्रकाशको अवस्थिति फेरिएपछि यानमा जडित सोलार सेलहरूले काम गर्न थालेका थिए ।

चन्द्रामाको अनुसन्धान गर्न पठाइएको सो स्मार्ट ल्यान्डर (स्लिम) जनवरी २० मा ल्यान्ड भएलगत्तै बन्द भएको थियो ।  चन्द्रमामा यान सफलताका साथ अवतरण भएपछि यस्तो सफलता हासिल गर्ने जापान अमेरिका, पूर्व सोभियत सङ्घ, चीन र भारतपछिको पाँचौँ देश बनेको छ ।

चन्द्रमामा अँध्यारो  भएकोले यान कयौँ घण्टा ब्याट्रीबाट चलेको थियो । चन्द्रमामा घामको किरण परेपछि सोलार सेलले बिजुली उत्पादन भएर यान चलोस् भनेर जासाले ब्याट्री बन्द गरिदिएको थियो ।

स्लिम चन्द्रमाबाट खिचेको तस्बिरहरू जासाले एक्समा शेयर गरेको थियो । स्लिम कति समयसम्म चन्द्रमामा सञ्चालनमा आउँछ भनेर जासाले तत्कालै केही बताएको छैन । स्लिमले चन्द्रमाको ढुङ्गाको प्रकृतिको अध्ययन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप