उद्योगीलाई जग्गाको भाडा र विद्युत् महसुलमा छुट दिन्छौँ : प्रधानमन्त्री प्रचण्ड
बारा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेजमा उद्योगीहरुलाई आकर्षित गर्नका लागि कानुनमै संशोधन गरेर जग्गाको भाडादर घटाउने र विद्युत्मा छुट दिने बताएका छन् ।
विशेष आर्थिक क्षेत्र सिमरा सेजको स्थलगत अनुगमनपछि प्रधानमन्त्री प्रचण्डले विशेष आर्थिक क्षेत्र सेज सम्बन्धी कानुनहरु संशोधन गर्ने विषयमा ध्यानाकर्षण भएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सेज सञ्चालनका लागि प्रधानमन्त्रीको हैसियतले आफूले यथाशक्य सहजीकरण गर्ने बताए । उनले रुग्ण उद्योगहरु सञ्चालनको विषयमा केही दिनभित्र प्रक्रिया अगाडि बढाउने बताए ।
‘विराटनगर जुट मिल, हेटौडा कपडा उद्योग, बुटवल धागो उद्योग, गेरखकाली रबर उद्योग गार्खा सञ्चालन गर्ने विषयमा हामीले पटकपटक छलफल गर्दा केही दिनभित्र प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रक्रिया अगाडि बढाउँदा हिजो सरकारले अगाडि बढाउँदा सफल नभएका र नाफा नभएका उद्योगहरुलाई पीपीपी मोडलमा सञ्चालन गर्ने केही दिन भित्रका टुंगो लगाउने प्रक्रिया सुरु गरिन्छ ।’
सिमरा सेजमा शनिबारदेखि सञ्चालनमा आएको लक्ष्मी ग्रिनाइड कम्पनीको अनुगमन गरेका प्रधानमन्त्रीलाई उद्योगीहरुले सेजमा लगानीमैत्री र नाफाको लागि वातावरण बनाइदिनुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण