क्यालिफोर्नियाकाे दुर्गम मरुभूमिमा ६ जनाको शव भेटियो, पाँच पुरुष पक्राउ
वाशिङटन डिसी । अमेरिकी प्रहरीले पाँचजना पुरुषलाई पक्राउ गरेको छ । दक्षिण क्यालिफोर्निया दुर्गम क्षेत्रमा रहेको मोजाभे मरुभूमिमा ६ जनाको शव फेला परेको थियो । गैरकानुनी गाँजाखेती मामिलामा विवाद हुँदा सो घटना भएको अनुमान गरिएको छ । अहिलेसम्म ६ मध्ये ४ जनाको पहिचान खुलेको छ । मृतक सबै पुरुष हुन् ।
सबैको मृत्यु गोली लागेर भएको थियो । शव जनवरी २३ मा सान बर्नार्दिनो काउन्टीको एल मिराज सहर नजिकको राजमार्गमा फेला परेको थियो । आफूलाई गोली लागेको भन्दै एक पुरुषले आकस्मिक नम्बर ९११ मा फोन गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले तत्कालै हेलिकप्टर बाट पीडितको खोजी सुरु गरेको थियो ।
पक्राउ परेका मानिसहरूबाट प्रहरीले आठ थान बन्दुक जफत गरेको छ । हत्यामा ती हतियार प्रयोग भएको हो कि होइन भन्नेबारे प्रहरीले छानबिन गरिरहेको छ । सन् २०१६ यता क्यालिफोर्नियामा वयस्कहरूको गाँजा खरिदलाई कानुनी मान्यता दिइएको छ । तर पनि यहाँ गाँजाको व्यापक कालोबजारी रोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण