बाँदरले दुख दिएपछि वडाध्यक्षको उर्दी-'घर वरपरका सबै रुख काट्नू'
पोखरा । बाँदर आतङ्क बढेपछि पोखरामा वडाध्यक्षले रुख काट्ने अभियान चलाएका छन् । वडा नम्बर १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचना जारी गरी आफ्नो खेतबारीमा भएका रुख बिरुवा काट्न नागरिकलाई बाटो खोलिदिएका छन् । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई हबला दिएर उनले रुख काट्न भनेका हुन् ।
लामाचौर र पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएकोले नियन्त्रणका लागि अभियान चलाइएको उनले बताए । ‘१० दिन भित्र मेरो रुख म काट्छु भन्ने अभियान सञ्चालन गरी आ–आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पु¥याउनको साथै आ–आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउनको लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडावासीको लागि यो सूचना प्रकाशित गरिन्छ,’ सूचनामा भनिएको छ ।
उनले सूचना जारी गरेपछि अहिले यसका तर्क वितर्क सुरु भएका छन् । केहीले सूचना नागरिकको हितमा भएको तर्क गरेका छन् भने केहीले रुख काटेर बाँदर नियन्त्रण नहुने बताएका छन् । पोखराका अगुवा विश्व सिग्देल वडाको सूचना लज्जास्पद भएको बताउँछन् । ‘यस्तो लज्जास्पद निर्णय कसरी गर्नुभयो रु यो निर्णयले पोखराको मात्रै होइन, तपाईँ हाम्रो सन्तान स्वयंले भविष्यमा शिर झुकाउने छन्,’ उनले भने, ‘हाम्रो सन्तान भएर जन्मनु परेकोमा धिक्कार्ने छन् । घरमा उडुस उपियाँ मुसाले दुख दिए भनेर घरमै आगो लगाउने हैन, घरको सरसफाइ गर्ने हो । उनीहरू नआउने माहौल बनाउने हो । टाउकामा लिखा जुम्रा परे भने टाउको काट्ने होइन, रिट्ठो पाती कुटेर नुहाउने हो ।’
यता मेयर धनराज आचार्यले भने महानगरले रुख काट्ने अभियान नचलाएकोले सूचनाको पछि नलाग्न भनेका छन् । ‘आफ्नो रुख आफै काटौँ अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरबाट कुनै निर्णय नभएकोले सो सम्बन्धी कुनै पनि कार्य नगर्नु नगराउनुहुन सबैलाई आग्रह गरिन्छ,’ उनले सामाजिक सञ्जाल मार्फत लेखेका छन् । उनले पनि रुख काटेर बाँदर नियन्त्रण नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण