सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्छ : नेता निधि
बुटवल । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने बताएका छन् ।
समुदायमा कांग्रेस’ अभियानअन्तर्गत मंगलबार कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने बताएका हुन् ।
नेता निधिले संविधानमै लेखिएको कुरा लागू तथा कार्यान्वयन गर्ने पहिलो काम सरकारको भएको बताए । उनले पटकपटक प्रधानमन्त्री, कांग्रेस सभापतिसँग तथा पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा यो विषयमा आफूले राख्ने गरेको बताए ।
नेता निधिले क्रान्ति र परिवर्तनको अर्थ रूपान्तरण भएको बताए । उनले सात वटा प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीको हातमा प्रहरी छैन भने के को रूपान्तरण भन्दै प्रश्न समेत गरे ।उनले कांग्रेसको अगुवाइमा भएका क्रान्ति र आन्दोलन सफल भएको दाबी गर्दै अरू पार्टीले गरेको आन्दोलन सफल हुन नसकेको बताए । उनले समुदायमा कांग्रेस अभियानमा कांग्रेसका प्रतिनिधि समुदायमा पुगेर छलफल गर्नुपर्ने र त्यहाँ रहेका गुनासो तथा सल्लाह लिनुपर्ने बताए ।
कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले कांग्रेस जनताले विश्वास गरेको शक्तिशाली पार्टी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण