सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्छ : नेता निधि

बुटवल । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सबै प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने बताएका छन् ।
समुदायमा कांग्रेस’ अभियानअन्तर्गत मंगलबार कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रदेशको आफ्नै प्रहरी संगठन हुनुपर्ने बताएका हुन् ।
नेता निधिले संविधानमै लेखिएको कुरा लागू तथा कार्यान्वयन गर्ने पहिलो काम सरकारको भएको बताए । उनले पटकपटक प्रधानमन्त्री, कांग्रेस सभापतिसँग तथा पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा यो विषयमा आफूले राख्ने गरेको बताए ।
नेता निधिले क्रान्ति र परिवर्तनको अर्थ रूपान्तरण भएको बताए । उनले सात वटा प्रदेशका मुख्यमन्त्री र गृहमन्त्रीको हातमा प्रहरी छैन भने के को रूपान्तरण भन्दै प्रश्न समेत गरे ।उनले कांग्रेसको अगुवाइमा भएका क्रान्ति र आन्दोलन सफल भएको दाबी गर्दै अरू पार्टीले गरेको आन्दोलन सफल हुन नसकेको बताए । उनले समुदायमा कांग्रेस अभियानमा कांग्रेसका प्रतिनिधि समुदायमा पुगेर छलफल गर्नुपर्ने र त्यहाँ रहेका गुनासो तथा सल्लाह लिनुपर्ने बताए ।
कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले कांग्रेस जनताले विश्वास गरेको शक्तिशाली पार्टी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी सेनाद्वारा आफ्नो एउटा विमानमा 'सामान्य क्षति' भएको स्वीकार
-
सेयर बजारले खोजेको गभर्नर कस्तो ?
-
स्वयम्भूनाथमा बौद्धमार्गीको घुइँचो, तस्बिरहरू
-
गेटा अस्पतालले माग्यो जनशक्ति
-
लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र : मुख्यमन्त्री आचार्य
-
बुद्धले ‘मैले भनेको भन्दैमा विश्वास नगर’ भनेर कहाँ र कुन परिवेशमा भनेका थिए ?