मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
गठबन्धनको बैठक

सत्ता गठबन्धनले भन्यो– कोशीको परिणाम अप्रत्याशित, गम्भीर रुपमा छलफल हुन्छ

मङ्गलबार, १६ माघ २०८०, १९ : ३७
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । सत्ता गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा आएको परिणामलाई अप्रत्याशित भएको ठहर गरेको छ । राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रारम्भिक समीक्षा गर्दै यस्तो ठहर गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । 

‘जुन परिणाम आयो यो अप्रत्याशित छ, गम्भीर छ । त्यसकारण यसबारेमा अलि गम्भीरतापूर्वक छलफल गर्नुपर्छ भन्ने भएको छ ’,नेता लेखकको भनाइ छ । उनले यही परिणामका कारण गठबन्धनमा प्रतिकुल प्रभाव परिहाल्ने अवस्था नरहेको बताए । 

उनले गठबन्धनका १९ जना उम्मेदवार नै साझा उम्मेदवारका रुपमा रहेको र सबैको सरोकारको विषय समेत बनेकाले यसबारे थप छलफल गर्दै जाने लेखकले बताए । 

उनले भने, ‘यो कन्सर्न प्रधानमन्त्री वा सभापतिको मात्रै कन्सर्न नभएर गठबन्धनका सबैको कन्सर्न हो । सबैको उम्मेदवार भएको हुनाले यसमा कसमा कसको के भयो भन्ने भन्दा पनि अहिले प्रारम्भिक छलफल भयो ।’ बैठकमा कसैले कसैलाई आरोप वा टीकाटिप्पणी नगर्ने भन्दै मिलेर नै समीक्षा गर्नेमा दुबिधा नभएको लेखकको भनाइ छ । 

माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा कोशीको महिला क्लस्टरमा गठबन्धनका उम्मेदवारलाई हराउँदै एमाले उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित भएकी थिइन् । त्यसक्रममा गठबन्धनका मतदाताले एमाले उम्मेदवारलाई मत दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप