उज्बेकिस्तान एसियन कपको क्वार्टरफाइनलमा
मङ्गलबार, १६ माघ २०८०, १९ : ५५
कतार । थाइल्याण्डलाई हराउँदै उज्बेकिस्तान एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम १६ को खेलमा उज्बेकिस्तान २–१ गोल अन्तरले विजयी भएको हो ।
अजिजबेक तुरगुनबाएभले खेलको ३७ औँ मिनेटमा उज्बेकिस्तानलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५८ औँ मिनेटमा सुपाचोक साराचार्टले थाइल्याण्डका लागि बराबरी गोल फर्काए ।
यद्यपि, ७ मिनेटपछि नै अब्बोसबेक फयजुल्लायेभले गोल गर्दै पुनः उज्बेकिस्तानलाई अग्रता दिलाए । त्यसपछि भने कुनै गोल हुन सकेन र उज्बेकिस्तान क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो । क्वार्टरफाइनलमा प्रवेश गर्ने उज्बेकिस्तान पाँचौ टोली हो । यसअघि कतार, अस्ट्रेलिया, जोर्डन र तजाकिस्तान क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण